आगलागी पीडित युवतीको आमालाई सन्देश- हामी मर्नेवाला छौँ, धेरै माया

[News from Nepal from News Dainik Latest News of Nepal]

एजेन्सी । दक्षिण–पश्चिम स्पेनको एक रात्रि क्लबमा आइतबार बिहान आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मर्सिया शहरको बाहिरी भागमा रहेको टेट्रे नाइट क्लबमा आगलागी भएको हो ।

स्वास्थ्य सावधानी तथा आपतकालीन सेवा संयोजन केन्द्रले १३ जनाको मृत्यु भएको पुष्टि गरेको छ । घाइतेमध्ये २२ र २५ वर्षका दुई महिला र ४१ र ४५ वर्षका दुई पुरुषको धुवाँबाट भएको असर कम गर्न उपचार भइरहेको छ ।

स्थानीय समयअनुसार बिहान ६स्०० बजे नाइट क्लबको पहिलो तल्लामा आगलागी सुरु भएको र छतको केही भाग जलेर नष्ट भएको मर्सियाका मेयर जोसे बालेस्टाले बताएका छन् । स्थानीय अधिकारीका अनुसार भत्किएको छानामुनि अझै धेरै पीडित हुन सक्ने अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

आगलागी पीडित २८ वर्षीया एक युवतीले आफ्नी आमालाई पठाएको भ्वाइस नोटमा भनेकी छन्, ‘आमा, म तपाईंलाई धेरै माया गर्छु, हामी मर्नेवाला छौँ ।’ यी युवती आफ्ना प्रेमी र साथीहरूसँग क्लब गएकी थिइन् । उनी जीवित छन् वा छैनन् भन्ने अझै स्पष्ट भइनसकेको समाचारमा जनाइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकको सहकार्यमा आँबुखैरेनीमा ‘छात्रा बचत खाता’ कार्यक्रम, बिद्यार्थीलाई बीमा पनि

काठमाडाैं । तनहुँको आँबुखैरेनी गाउँपालिकामा छात्रा बचत खाता कार्यक्रम सुरु भएको छ । गाउँपालिकाले सामुदायिक …

प्रतिकृया दिनुहॊस