कामना सेवा विकास बैंक र युनिसेक्स सलूनबीच मर्चेन्ट सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक र एनएस युनिसेक्स सलूनबीच बुधबार मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले रुपन्देहीको देवदहस्थित सलून ले प्रदान गर्ने हेयर कट र हेयर स्ट्रेट सेवामा २० प्रतिशत र अन्य सेवामा १० प्रतिशत आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने जनाइएको छ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आइएमई बैंकलाई ग्लोबल फाइनान्सको ‘वेस्ट बैंक अवार्ड’

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको वेस्ट बैंक अवार्ड २०२४ बाट सम्मानित …

प्रतिकृया दिनुहॊस