काठमाडौं । एनएमबि बैंकले स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको छ । बैंकले ‘अब चिन्ता छोड्नुहोस्, ढुक्कसँग आफ्नो सपनाको घर रोज्नुहोस्’ योजनासहित स्थीर ब्याजदरमा घर कर्जा योजना ल्याएको हो ।
योजना अन्तर्गत ७ वर्षसम्म स्थीर ब्याजदरमा घर कर्जा लिन सकिनेछ । स्थीर ब्याजदरमा कर्जा लिँदा हरेक महिना तिर्नुपर्ने प्रिमियम दरमा हुने परिवर्तनबाट घरधनीहरू झण्झटमुक्त हुने बैंकले जनाएको छ ।
तपाईंको प्रतिकृया




