प्रभु इन्स्योरेन्सले बागलुङमा गर्‍यो बिमा सचेतनामूलक कार्यक्रम

काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले बागलुङमा बिमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । यही असोज ५ गते बागलुङ नगरपालिका वडा नं.२ र ३ मा बिमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम गरेको हो ।

कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । प्रभु इन्स्योरेन्स गण्डकी प्रदेशका प्रादेशिक प्रमुख रवीन्द्र श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा बिमा सम्बन्धी विभिन्न जानकारीहरू प्रदान गरिएको छ ।

जनप्रतिनिधि, कर्मचारी, कृषक, व्यवसायी तथा अन्य सरोकारवालाहरूसँग प्रत्यक्ष रूपमा अन्तरक्रिया गरिएको थियो । कम्पनीले बिमा सचेतना कार्यक्रम अन्य जिल्लाहरूमा छिट्टै सञ्चालनमा ल्याउन लागिएको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस