सिटिजन्स बैंकका ग्राहकलाई सूर्या हेल्थ केयरमा १५% सम्मको आकर्षक छुट

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले काठमाडौंको नयाँ बानेश्वरमा रहेको सूर्या हेल्थ केयरमा छुट पाउने भएका छन् । बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा बैंक र हेल्थ केयरबीच समझदारी भएको हो ।

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहक र मोबाइल बैंकिङ ग्राहकले सूर्या हेल्थ केयरमा १५ प्रतिशतसम्मको छुट पाउने जनाइएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकले विश्वास व्यक्त गरेको छ ।

हाल बैंकले देशभरमा एक सय ८८ शाखा, एक सय ४८ एटिएम, तीन विस्तारित काउन्टर तथा ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री