ग्लोबल आईएमई बैंकको एक्स्टेन्सन काउन्टर सिराहाको कल्याणपुरमा

काठमाडौँ । ग्लोबल आईएमई बैंकले सिराहा जिल्लाको कल्याणपुर नगरपालिका वडा नं ११ मा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्कतालाई मध्यनजर गर्दै बैंकको मिर्चैया शाखा मातहतमा रहनेगरी यो एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । एक्स्टेन्सन काउन्टरबाट निक्षेप संकलन गर्ने, नगद भुक्तानी गर्ने, मोबाइल तथा अनलाइन बैंकिङ सेवा दिने, रेमिट्यान्सको सुविधा प्रदान गर्ने लगायत सबै किसिमका साधारण बैंकिङ सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकको हाल ७७ वटै जिल्लामा कुल ३५० शाखा कार्यालय सञ्चालनमा छन् । त्यस्तै ३६८ एटीएम, ३२२ शाखा रहित बैंकिङ सेवा, ६५ एक्स्टेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय सञ्चालनमा रहेको बैंकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राउटे समुदायमा नबिल बैंकको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले …

प्रतिकृया दिनुहॊस