एनएमबी बुद्ध भिसा डेबिट कार्ड सार्वजनिक

काठमाडौं । एनएमबी बैंक लिमिटेड र बुद्घ एयरले एनएमबी बुद्घ भिसा डेबिट कार्ड सार्वजनिक गरेको छ। सो कार्डले ग्राहकहरुको यात्रालाई अझै सहज बनाउने विश्वास एनएमबी बैंक र बुद्घ एयरले लिएको छ।

को–ब्रान्डेड डेबिट कार्डका ग्राहकहरुले काठमाडौँ उपत्यका भित्र रहेका बुद्घ एयरका तीन काउन्टरहरु, एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउनेछन्। यसको साथै ग्राहकहरुले आन्तरिक टर्मिनलबाट यात्रा गर्दा थप ५ किलो सामान निःशूल्क लान सक्नेछन्।

एनएमबी बुद्घ भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरुलाई शत प्रतिशत भाडा (१०० प्रतिशत क्यासब्याक) फिर्ता गर्नु यस कार्डको मुख्य विशेषता हो र नेपालको जुनसुकै कुनामा रहेका एटीएमबाट निःशुल्क नगद झिक्ने सुविधा समेत यस कार्डका प्रयोगकर्ताहरुलाई प्रदान गरिएको छ।

एनएमबी बैंकले हाल देशभरी २०१ शाखाहरु, १४६ एटीएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

राउटे समुदायमा नबिल बैंकको निःशुल्क स्वास्थ्य परीक्षण

काठमाडौं । नबिल बैंक लिमिटेडले राउटे समुदायमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नबिल बैंकले …

प्रतिकृया दिनुहॊस