सिर्जनशीलतामा नयाँ आयाम थप्दै सकियो टिच ट्रिक्स २०२३

काठमाडौं । आइटी शिक्षामा विद्यार्थीले आफूसँग भएको क्षमता प्रदर्शन गर्न पाउने टेक–ट्रिक्स–२०२३ सम्पन्न भएको छ । न्यु समिट कलेज र टेक–ट्रिक्स नेपालले यसको संयुक्त आयोजना गरेका हुन् । विभिन्न विधामा सञ्चालित प्रतियोगिताका विजेतालाई नगद पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको छ ।

जसअन्तर्गत आइटी क्विजमा सेन्ट लरेन्स कलेज विजयी भएको थियो भने द्वितीय स्थान क्याथफोर्ड कलेजले प्राप्त गरेको थियो । यसैगरी, क्यास रोयल सञ्जय गौतमले जितेका थिए भने सुजन गौतम दोस्रो भएका थिए । पब्जीका विजेता भने केएफए कलेजका शुभम चित्रकारको समूह भएको थियो भने सुनील गिरीको टिम हाइप उपविजेता बन्दा टप फ्रागरको उपाधि विशेष खड्कालाई गएको थियो । साथै, फिफा–०२३ विजेता जगदीश पाण्डे भएका थिए भने उपविजेता समीर गुरुङ भएको आयोजकले जनाएको छ ।

तीन दिवसीय प्रतियोगिताको मुख्य आकर्षण ह्याकथन सेन्ट जेभियर्सले जितेको थियो भने उपविजेता सगरमाथा कलेज भएको हो । यस्तै, तेस्रो स्थान न्यु समिट कलेजले पाएको हो । विज्ञ परामर्शदाताको प्रत्यक्ष निगरानी र परामर्शमा ३० घन्टा अवधिमा बनाइएको परियोजनालाई निर्णायकको भूमिकामा रहेका विभिन्न विषयविज्ञ विश्वकाजी श्रेष्ठ, रोशन खत्री, अभिषेक कोइराला, इआर प्रबिन चौहानको निर्णयका आधारमा विजेता घोषणा गरिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ क्यापिटलले पायो १ अर्बको फण्ड संचालनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘मुक्तिनाथ म्युचुअल फण्ड १ ‘ संचालन गर्नलाई इकाई जारी गर्न …

प्रतिकृया दिनुहॊस