नाडा अटो शो : एकजना अवलोकनकर्ताले जिते याडियाको स्कुटर

काठमाडौँ । नाडा अटो शो अवलोकन गर्न पुगेका एकजनाले याडियाको स्कुटर जितेका छन्। भदौ ३१ मा सम्पन्न अटो शोमा ७६ हजार एक सय दर्शक सहभागी भएकामा टिकट नम्बर ९७३१ रहेकाले स्कुटर जितेका हुन्।

नाडाले देशमा चलेको आर्थिक मन्दीका बावजुद आयोजना गरिएको यो अटो शोले देशको अर्थ व्यवस्थालाई चलायमान बनाउन सहयोग पुगेको आयोजकले जनाएको छ। नाडा अटो शोमा स्टल निर्माणमा प्रदर्शनीमा उत्कृष्ट चारपाङ्ग्रे सवारीसाधनको स्टल साइमेक्स इंक प्रालि (बीवाइडी) प्रालिले जितेको छ।

उत्कृष्ट दुईपाङ्ग्रे सवारी साधनतर्फको स्टल अग्नि मोटोनिक प्रालि (जावा) ले जितेको छ। त्यसैगरी लाइट कमर्सियल भेहिकलको बेष्ट स्टल एवार्ड आयाम इण्टरनेशनल प्रालि (फोर्स मोटर्स ) ले जितेको छ। बेस्ट सर्पोटिङ्ग स्टलको अवार्ड पौडेल इन्टरप्राइजेज ( लिक्विइमोली स्टुडोजले) जितेको छ।

नाडा अटो शो २०२३ व्यवस्थापन समितिका अनुसार डोरप्राइज पाउने टिकट नम्बर ९७३१ रहेको छ। विजेतालाई आफनो टिकट सहित नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको सचिवालय टेकुमा सम्पर्क गर्न भनिएको छ।

समापन कार्यक्रममा नाडाका अध्यक्ष डा. ध्रुव थापाले नाडा अटो शोलाई सफल बनाउन सहयोग गर्ने सरोकारवाला कम्पनी र संस्थालाई धन्यवाद दिए।

अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्घाटन गरेको प्रदर्शनीमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री शक्ति बस्नेत र विभिन्न मन्त्रालयका सचिव तथा विभागीय प्रमुखले पनि अवलोकन गरे।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मुक्तिनाथ क्यापिटलले पायो १ अर्बको फण्ड संचालनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले ‘मुक्तिनाथ म्युचुअल फण्ड १ ‘ संचालन गर्नलाई इकाई जारी गर्न …

प्रतिकृया दिनुहॊस