शेखर समूहको बैठक आज बस्दै, विश्वप्रकाश र प्रदीपलाई पनि बोलावट

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक मंगलबार बस्दैछ । बैठक शेखरको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने भएको छ ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेललाई पनि बोलाइएको छ । उनीहरूलाई समूहको बैठकमा पहिलो पटक बोलाइएको एक नेताले जानकारी दिए ।

‘सिटौला छाडेपछि प्रदीप हामीतिरै छन् । विश्वजीलाई पनि बोलाएका छौँ’, उनले भने, ‘उहाँहरू हामीसँग हुनुहुन्छ भन्ने पटक पटकको सहकार्यले देखाइसकेको छ । बोलाएका छौँ, आउँछौँ भन्नु भएको छ ।’

पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री लडेका थिए । पौडेल देउवा टिमबाट महामन्त्री लडेर पराजित भएका थिए । बैठकमा असोज ४ गतेबाट बस्ने केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने नेताहरू बताउँछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री