राष्ट्रिय वाणिज्य बैंकको नयाँ चारवटा शाखा

काठमाडौं । राष्ट्रिय बाणिज्य बैक लिमिटेडले चार वटा शाखा कार्यालय स्थापना गरेको छ । बैंकले झापाको झापा गाउँपालिका-२ झापाबजार, रुपन्देहीको गैंडहवा गाउँपालिका-६ सुरजपुरा, सिन्धुलीको कमलामाई नगरपालिका-११ भिमान र नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका-६ त्रिवेणीमा विहीबारबाट सञ्चालनमा ल्याएको छ ।अब  बैंकको शाखा कार्यालय संख्या १७९ वटा, ब्रान्चलेस बैंकिङ्ग सेवा संख्या ९२ वटा, एटिएम संख्या १३० वटा र मोवाइल बैंकिङ्ग सेवा ३ लाख भन्दा बढि ग्राहकले प्रयोग गरिरहेको छ ।
तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री