नेपाल बङ्गलादेश बैंक र खल्तीबीच डिजिटल भुक्तानीका लागि सम्झौता

काठमाडौं । नेपाल बङ्गलादेश बैंक र खल्ती डिजिटल वालेटबीच मोबाईल भुक्तानीमा सहकार्य गर्ने सम्बन्धीसम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट डेपुटी सीईओ सुरेन्द्र भूषण श्रेष्ठ र खल्तीका तर्फबाट डाइरेक्टर अमित अग्रवालले हस्ताक्षर गरे ।

सम्झौता पश्चात बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री