नेसनल लघुवित्तको संस्थापक सेयर लिलामी बिक्री खुला

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आजबाट ६२ हजार ५०० कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुला गरेको छ।

कम्पनीले यसको भाउ प्रतिकित्ता ५३० रुपैयाँ तोकेको छ। लगानीकर्ताले यसलाई न्यूनतम मूल्य आधार मानेर सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले आवेदन दिन सक्नेछन्। यसमा असोज १२ गतेभित्र बिक्री प्रबन्धक एनआईएमबी एस लाजिम्पाट, काठमाडौँमा पुग्नेगरी आवेदन दिनुपर्नेछ। न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री