काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायत प्रस्ताव पारित गरेको हो ।
आज (बुधबार) काठमाडौंको सुन्धारास्थित सिटिसीमा क्यापिटल सञ्चालक समितिका अध्यक्ष भोला बहादुर बिष्टको अध्यक्षतामा विशेष साधारणसभा सम्पन्न सो लिमिटेडले जानकारी दिएको छ ।
विशेष साधारणसभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने/प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन शेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरू पारित गरेको हो ।
प्रतिकृया दिनुहॊस