काठमाडौं । एनआईसी एसिया बैंकको नयाँ शाखा खाँदबारी नगरपालिकास्थित मानेञ्ज्याङ्गमा आजबाट संचालनमा आएको छ ।
शाखाको राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मी प्रपन्न निरौलाले उद्घाटन गरी संचालनमा ल्याएको हो ।
बैंकले २६० एटिएम, २६ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फतसेवा प्रदान गर्दै आएको छ । बैंकमा ग्राहकको संख्या करिब १३ लाख ५० हजार पुगेको छ ।
निक्षेप तथा कर्जाका आधारमा निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये यो नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा रहन सफल भएको छ।
प्रतिकृया दिनुहॊस