काठमाडौँ / गरिमा क्यापिटल लिमिटेडले हरितालिका तीजको उपलक्ष्यमा “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको छ । नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको उपलक्ष्यमा गरिमा क्यापिटलले तीज महोत्सव भव्यताका साथ मनाउने उद्देश्यले भदौँ १७ गते देखि असोज ५ गतेसम्म “गरिमा क्यापिटल तीज सारीमा सेल्फी प्रतियोगिता” आयोजना गरेको हो ।
यस्ता छन् सेल्फी प्रतियोगितामा भाग लिनको लागि पालना गर्नुपर्ने नियम तथा सर्तहरु
– सहभागीहरुले परम्परागत पोशाकमा लिएको आफ्नो फोटो गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेजकोमा पोष्ट गर्नुपर्नेछ ।
– फोटो पोष्ट गर्दा निम्न ह्यासट्यागहरू समावेश गर्नुपर्नेछः
#GarimacapitalTeejSaareemaSelfie #GarimacapitalTeej #NepaliFestival #Garimacapitallimited
– सहभागीहरुले गरिमा क्यापिटल लिमिटेडको आधिकारिक फेसबुक पेज लाईक र सेयर गर्नुपर्नेछ ।
क्यापिटलको फेसबुकफेजमा अपलोड भएका फोटोहरु मध्ये उत्कृष्ट ३ सहभागीलाई प्रतियोगिताको बिजेता घोषणा गरी प्रथम हुने प्रतियोगितालाई ३ हजार रुपैयाँ, द्वितीयलाई २ हजार रुपैयाँ र तृतीयलाई १ हजार रुपैयाँ प्रदान गरिने क्यापिटलले जनाएको छ ।
उक्त प्रतियोगिताले तीजको समृद्ध परम्परालाई मात्र नभई समुदायमा एकता र उत्सवको भावनालाई बढावा दिनेछ भन्ने विश्वास कम्पनीले राखेको छ ।
प्रतिकृया दिनुहॊस