६० किलो सुन तस्करी प्रकरणमा सुनचाँदी व्यवसायी संघ बाराका अध्यक्ष पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय परिसरबाट बरामत भएको ६० किलो सुन प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।

बाराका शिवकुमार सफरलाई बिहीबार राति पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी कुबेर कडायतले जानकारी दिए । कडायतका अनुसार सफर सुनचाँदी व्यावसायी संघ बराका अध्यक्ष तथा सुनचाँदी व्यावसायी महासंघको समेत पदाधिकारी हुन् ।

६० किलो सुन तस्करीमा सफरको पनि संलग्नता रहेको पाइएपछि पक्राउ गरिएको कडायतले बताए । हाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) नियन्त्रणमा रहेका सफरलाई शुक्रबार नै म्याद थपका लागि अदालत उपस्थित गराइने छ ।

यससँगै उक्त सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ । साउन २ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप