काठमाडौँ । सनराइज क्यापिटलको साधारण सभा असोज १० गते हुने भएको छ । सभामा सनराइजले ३० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ। सनराइज क्यापिटल, कमलपोखरी काठमाडौँमा बिहान १०ः३० बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन,वासलात,नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।
प्रतिकृया दिनुहॊस