काठमाडौं । वीर अस्पतालको सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता कुमोध ढुंगेलका अनुसार सर्जिकल भवनको छैटौं तलाबाट हाम फालेका ती पुरुष अन्दाजी ४० वर्षका छन् । उनको पहिचान भने खुल्न सकेको छैन ।
उनी बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । त्यसपछि उनी छैटौं तलामा गएर हाम फालेका थिए ।
अस्पताल प्रशासनका अनुसार उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
तपाईंको प्रतिकृया




