जीडब्लुएमको इलेक्ट्रिक गाडी ‘ओरा ०३’ ईभी नेपालमा बिक्री सुरु

काठमाडौं । नेपालमा जीडब्लुएम सवारी साधनको आधिकारिक वितरक भीजी ईम्पेक्स प्रालिले आफ्नो बहुप्रतिक्षित इलेक्ट्रिक–क्रसओभर ओरा ०३ को डेलिभरी सुरु गरेको छ।

जीडब्लुएमले ओरा ०३ को लागि जेठ ३, २०८० मा बुकिङ खुला गरेको थियो। बुकिङ घोषणा गरेदेखि नै यस रेट्रो–मोर्डनिस्टिक इलेक्ट्रिक क्रसओभरको लागि ग्राहकहरूबाट निकै राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार प्रिमियम लेथरेट सिट, पानोरोमिक सनरुफ, पावर एडजस्टेबल ड्राइभर सिट, डुअल १७.२५ ईन्च इन्टिग्रेटेड डिस्प्ले टच, एडप्टिभ क्रुज कन्ट्रोल, वायरलेस चार्जर आदि जस्ता आधुनिक सुविधाहरू सहितको यसको टाईमलेस एक्सटेरियर र आकर्षक ईन्टेरियरलाई ग्राहकहरूले मन पराइरहेका छन्।

ओरा ०३ मा ४८ केडब्लुएचको ब्याट्रीको साथ ४००केएमएस (एनईडीसी) को प्रभावशाली ड्राइभिङ रेन्ज रहेको छ। सुरक्षाको पक्षमा, ओरा ०३ देशका थोरै विद्युतीय सवारीहरू मध्ये एक हो जसले एएनसीएपी र ईयूआओएनसीएपी दुवैमा फाईभ–स्टार प्राप्त गरेको छ, जसले हरेक यात्रामा आत्मविश्वास जगाउँछ।

ओरा ०३ मा सीक्स ओमनिडायरेक्शनल एयरब्याग, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, ३६० डिग्री भ्यू क्यामेरा, अटोमेटिक भेहिकल होल्ड, एन्टी–लक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम आदि जस्ता सुरक्षा सुविधाहरू छन्।

तपाईंको प्रतिकृया

लेखकबाट थप