काठमाडौं । साताको पहिलो दिन आइतबार शेयरबजार परिसूचक नेप्से २९.८१ अंकले घटेको छ । बैंकहरूले धितोपत्र दलाल कम्पनी (ब्रोकर) लाई चालू पूँजीमा कडाइ गरेपछि शेयर बजारमा थप पहिरो चलेको हो ।
आज नेप्सेमा ४० लाख ५३ हजार ३६८ कित्ता शेयर १ अर्ब १८ करोड ६६ लाख १८ हजार ४१० रुपैयाँमा कारोबार भएको छ । थ्रीस्टार हाइड्रोपावरका शेयरधनीले प्रतिशतका हिसाबले सबैभन्दा बढी कमाएका छन् । लिबर्टी इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिशत गुमाएका छन् ।
तपाईंको प्रतिकृया




