काठमाडौँ । कञ्चनपुरमा डेंगु संक्रमणबाट एक युवकको मृत्यु भएको छ । जिल्लाको बेलौरी नगरपालिका-८ पचुइ, स्कुल टोलका २८ वर्षीय हिक्मत खत्रीको डेंगुका कारण मृत्यु भएको हो ।
अत्यधिक ज्वरो आएपछि उपचारका लागि धनगढी लगिएका उनको गएराति मृत्यु भएको बताइएको छ । रोजगारीको सिलसिलामा भारतमा रहेका उनी एक हप्ता अगाडिमात्रै घर फर्किएका थिए ।
प्रतिकृया दिनुहॊस