हिमालयन बैंकको ‘फण्ड ट्रान्सफर’ मा ‘मोबाइल फोन हातमा’ अफर सार्वजनिक

काठमाडौं । हिमालयन बैंकले कनेक्ट आइपिएससँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुका लागि ‘फण्ड ट्रान्सफर’ मा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत दुई जना भाग्यशाली मोबाइल बैकिङ्गको प्रयोगकर्ताले हिमालयन बैंकको मोबाइल बैकिङ्ग ‘HI-MB’ एपबाट अन्तर बैंक फण्ड ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सक्नेछन् ।

सो अफर भाद्र १ गते देखि भाद्र ३१, २०८० गतेसम्म लागु हुनेछ । मोबाइल बैकिङ्ग एपबाट फण्ड ट्रान्सफर गर्ने दुई जना प्रयोकर्ताहरुलाई अफरको अन्त्यमा लकी ड्र मार्फत् बिजेता छनोट गरिनेछ । उक्त बिजेताको घोषणा हिमालयन बैंकको आधिकारीक सामाजिक सञ्जालमा प्रकाशन गरिने छ ।

फण्ड ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैकिङ्गको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले बैंकका ग्राहकहरुलाई फण्ड ट्रान्सफरमा आधारित सेवाहरु लिन थप प्रोत्साहन गर्ने विश्वास गरिएको छ । ‘HI-MB’ को फण्ड ट्रान्सफर रिटेल पेमेन्ट स्विच/कनेक्ट आइपिएसको च्यानल प्ल्याट्फर्म मार्फत हुने गरेको छ र उक्त माध्यमबाट फण्ड ट्रान्सफर गर्न कनेक्टआइपिएसमा छुट्टै रजिष्टर गर्न आवश्यक छैन ।

आर्थिक वर्ष २०७९-८० मा यस च्यानलमार्फत रु. १ करोड ४७ लाख भन्दा बढी भुक्तानी भइसकेको छ । मोबाइल बैकिङ्ग मार्फत प्रयोगकर्ताहरुले प्रति कारोबार प्रति दिन रु. दुई लाखको मात्र गर्न सक्नेछन् । हिमालयन बैंकको ‘HI-MB’ एपमा हाल १७०,००० भन्दा बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु रहेका छन् ।

थप जानकारी www.himalayanbank.com/en/ र www.connectips.com बाट लिन सकिन्छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति ब्युटीपार्लरबीच छुट सम्झौता भएको छ …

प्रतिकृया दिनुहॊस