वाग्नरका प्रमुख प्रिगोजिन सवार विमान दुर्घटना, सबै यात्रुको मृत्यु

बीबीसी । रुसको उड्डयन अधिकारीहरूले वाग्नर लडाकु समूहका प्रमुख येभ्गेनी प्रिगोजिन सवार एक विमान मस्कोको उत्तर पश्चिमी क्षेत्रमा दुर्घटना हुँदा सबै यात्रुहरू मारिएको बताएका छन् । विमान सञ्चालक निकायले दिएको जानकारी अनुसार त्यसमा वाग्नरका वरिष्ठ कमान्डर डिमित्री उत्किन पनि सवार थिए ।

उनीहरूको मृत्यु भएको बारे क्रेम्लिन वा सुरक्षा अधिकारीहरूले पुष्टि गरेका छैनन् । तर आपत्कालीन सेवा प्रदायकहरूलाई उद्धृत गर्दै विमानमा रहेका सबै १० जनाको शव फेला परेको जनाइएको छ । तिनको परिचय भने खुलाइएको छैन ।

वाग्नर समूहद्वारा सूचना
वाग्नर समूहसँग जोडिएको सामाजिक सञ्जालको एक अकाउन्टमा प्रिगोजिन मारिएको उल्लेख गरिएको छ र त्यसमा विमान खसालिएको भन्दै रुसी हवाई प्रतिरक्षा निकायलाई दोष लगाइएको छ ।

जुनमा छोटो समयका निम्ति उनले अगुवाइ गरेको विद्रोहको घटनापश्चात् येभ्गेनी प्रिगोजिन खासै सार्वजनिक रूपमा देखा परेका थिएनन् । पछिल्लो पटक यही साता जारी एक भिडिओमा उनी अफ्रिकामा रहेको बताइएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस