उजय शाक्य ‘एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर अवार्डबाट’ सम्मानित

कामठाडौं । आउटरिच नेपालका संस्थापक उजय शाक्यलाई सीएमओ एसिया अवार्डको १४औं संस्करणमा एशियाज मोस्ट एडमायर्ड मार्केटिङ लिडर’ को सम्मान प्रदान गरिएको छ।

उक्त कार्यक्रम गत बिहीबार प्यान प्यासिफिक सिंगापुरमा आयोजना भएको थियो। वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेशनल्सबाट समर्थन प्राप्त सीएमओ एसियाले मार्केटिङको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल गर्ने मार्केटरलाई सम्मान गर्दै आएको छ। शाक्यलाई नेपालको विज्ञापन बजारलाई व्यावसायिक बनाउन उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै संस्थाले सम्मान गरेको हो।

उजय शाक्यले विगत दुई दशकदेखि विश्वव्यापी ब्राण्डहरुलाई नेपालमा सफलतापूर्वक शुभारम्भ गराउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेकोमा संस्थाले प्रशंसा गरेको छ।

सन् २०१५ मा शाक्यले प्रकाशित गरेको पुस्तक ब्राण्डसूत्रले उनको विशेषज्ञतालाई थप पुष्टि गर्ने बताइएको छ। एशियाभरका प्रतिष्ठित उद्योगीको जमघटमा नियमित उपस्थित रहने शाक्य विज्ञापन तथा ब्राण्डसम्बन्धी पुरस्कारको निर्णायक र वक्ताको रूपमा सक्रिय रहँदै आएका छन्।

अवार्ड समारोहमा शाक्यले उपभोक्ता र तिनका समस्या समाधानमा मार्केटिङले साथ दिनुपर्नेमा जोड दिए। उनले मार्केटिङमा प्रविधिसँगै मानवीयता पनि महत्त्वपूर्ण हुने बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विपद्को घडीमा एनसेलको साथ : सञ्चार सेवा सुनिश्चित गर्न निःशुल्क डेटा

काठमाडौं । भारी वर्षाका कारण सृजना भएको यस कठिन परिस्थितिलाई ध्यानमा राख्दै एनसेलले शनिबार बिहानदेखि …

प्रतिकृया दिनुहॊस