काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले भदौ ३ गते विश्वासको मत लिने भएका छन् । विश्वास मत लिनेसम्बन्धी सूचना शुक्रबार प्रदेशसभामा दर्ता भएको छ ।
विश्वासको मत लिने सम्बन्धी सूचना दुई दिनअघि दर्ता हुनुपर्ने कानूनी व्यवस्था छ ।
गठबन्धन दलका तर्फबाट थापा साउन १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । पहिलोपटक सभामुखसमेतको हस्ताक्षरमा सरकार गठन गर्दा सर्वोच्च अदालतले उनको नियुक्ति बदर गरिदिएको थियो ।
थापा कांग्रेस माओवादी, नेकपा एस र जसपाको समर्थनमा मुख्यमन्त्री भएका थिए । उनको पक्षमा अहिले ४७ मत रहेको छ ।

तपाईंको प्रतिकृया



