डुंगा दुर्घटनामा ६३ जना भन्दा बढीको मृत्यु भएको आशंका

एजेन्सी । आन्ध्र महासागरको मध्यभागमा अवस्थित टापु देश केप भर्डेमा डुंगा पल्टिँदा ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको छ । अन्य ३८ जनाको उद्धार गरिएको अन्तरराष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) अधिकारीहरूलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ ।

गत महिना सेनेगलबाट आप्रवासी बोकेर युरोपका निम्ति हिँडेको डुंगा केप भर्डेको जलक्षेत्रमा दुर्घटनाग्रस्त भएको माछा समाउन समुद्रमा तल्लीन स्पेनी माझीले देखेका थिए । तट रक्षकले जीवित र मृतकको कुल सङ्ख्या ४८ रहेको बताएका छन् भने स्थानीय शवगृहले सातवटा शव प्राप्त गरेको जनाएको छ । सेनेगलको विदेश मन्त्रालयले गिनी–बिसाउका एक नागरिकसहित ३८ जनालाई डुंगाबाट उद्धार गरिएको बताएको छ ।

सेनेगलबाट केप भर्डेतर्फ आइरहेको आप्रवासी चढेको डुंगा पल्टिँदा त्यसमा सवार ६३ जनाभन्दा बढीको मृत्यु भएको आशंका गरिएको आईओएमले आज एक विज्ञप्ति निकालेर बताएको छ । दुर्घटनामा ज्यान गुमाएका आप्रवासी स्पेन हुँदै युरोपका विभिन्न देशमा शरण लिन घरबाट निस्केका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

स्मार्ट पेमार्फत बैंकस्तरीय भुक्तानी सेवा सञ्चालन गर्ने सम्झौता

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालनको अनुमतिप्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र सिटी …

प्रतिकृया दिनुहॊस