ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा छुट

काठमाडाैं । ग्लोबल आईएमई बैंक लिमिटेडले बैंकका ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौं उपत्यका भित्रका स्टोरहरूबाट सामान किन्दा छुट दिने भएको छ। बैंकका ग्राहकले स्मार्ट क्यूआरमार्फत पेमेन्ट गरेमा १५ प्रतिशतसम्म छुट उपलब्ध गराउने योजना सार्वजनिक गरेको हो।

यो योजनाअन्तर्गत ग्लोबल आईएमई बैंकको मोबाइल एप ‘ग्लोबल स्मार्ट प्लस’ बाट स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट पाइनेछ। यो योजनामा एक पटकको खरिदको रु. २०० सम्म र योजना अवधिभर रु. ५०० सम्म छुट पाइनेछ।

यो योजना सिमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोला स्थित स्टोरहरुमा लागू हुने कम्पनीले जनाएको छ।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ। ग्लोबल आईएमई बैंक मुलुकका ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो।

बैंकले ३५९ शाखा कार्यालय, ३६७ एटीएम, ३२२ शाखा रहित बैंकिङ्ग सेवा, ६४ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४० लाख भन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति ब्युटीपार्लरबीच छुट सम्झौता भएको छ …

प्रतिकृया दिनुहॊस