एभरेष्ट बैंकद्वारा नेपालमा पहिलो पटक अफलाइन भुक्तानी सेवाको सुरुवात

काठमाडाैं । एभरेष्ट बैंकले फोने पे नेपाल सँगको सहकार्यमा नेपालमा पहिलो पटक ‘अफलाइन भुक्तानी’ सेवा सञ्चालनमा ल्याएको छ।

बैंकका सम्पूर्ण ग्राहकहरुले आफ्नो मोबाइल बैंकिङ एपबाट यो सेवा उपभोग गर्न सक्ने छन्। यस सेवा अन्तर्गत ग्राहकहरुले इन्टरनेट वा डाटा कनेक्टिभिटी नहुँदा पनि सजिलै भुक्तानी सुविधा प्राप्त गर्न सक्नेछन्।

सो कार्यक्रममा बैंकका डिजिटल बैंकिङ विभाग प्रमुख शंकर पोखरेल र फोन पे का अन्य विशिष्ट अधिकृतहरुको समेत उपस्थिति रहेको थियो।

विशेष कार्यक्रमकाबीच बैंकका नायब महाप्रबन्धक आशुतोष शर्मा र फोन पे नेपालका प्रमुख कार्यकारी अधिकृत दिवश सापकोटाले सो सेवाको उद्घाटन गरे।

सो समारोहमा बैंकका नायब महाप्रबन्धक शर्माले अफलाइन भुक्तानी सुविधाले ग्राहक सुविधा र ग्राहक केन्द्रित नयाँ उर्जा थपेको र नेपाली बैंकिङ भविष्यलाई समेत नयाँ आकार दिएको बताए।

साथै फोने पे का प्रमुख कार्यकारी अधिकृत सापकोटाले यस सुविधाबाट इन्टरनेटको सीमाहरुलाई पार गरी आधुनिक बैंकिङमा नयाँ आयाम थपिने बताएका छन्।

हालको लागि उक्त सुविधा एनएफसी प्रविधि भएको एन्ड्रोइड फोनहरूमा मात्रै उपलब्ध हुनेछ।

यस सेवालाई ग्राहकहरुले सर्वप्रथम आफ्नो एपमा सेट गरी आफ्नो स्मार्टफोनलाई ब्यापारीको स्मार्टफोनमा ‘टयाप’ गरी सजिलै भुक्तानी प्रक्रिया पुरा हुनेछ भने व्यापारी तथा व्यवसायीहरुले आफूसँग भएको ‘फोन पे बिजनेस एप’ बाट भुक्तानी स्वीकार गर्न सक्नेछन्।

पंजाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन्।

देशैभरी छरिएर रहेको आफ्नो १२७ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६२ एटीएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ।

यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds