सिटिजन्स बैंक र चौराह हस्पिटलबीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बुटवलस्थित चौराह हस्पिटलबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले चौराह हस्पिटलमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४७ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख २५ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds