मुस्लिन-नारायणगढ सडक एकतर्फी सञ्चालनमा

काठमाडौँ । चितवनको मुग्लिन–नारायणगढ सडक खण्डमा एकतर्फी सवारीसाधन सञ्चालन गराइएको छ । पहिरोका कारण आज बिहानैदेखि अवरुद्ध रहेको उक्त सडक पहिरो पन्छाएर एकतर्फी सञ्चालनमा ल्याइएको हो  ।

इच्छाकामना गाउँपालिका–६, कालीखोलालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको सो कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार केही समयपछि पुनः बाँकी पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फाइल तस्वीर

रवि लामिछानेलाई काठमाडौं ल्याइने

काठमाडौं । सहकारीको रकम अपचलन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति …

प्रतिकृया दिनुहॊस