पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तिमा २२ को मृत्यु, ८० बढी घाइते

एजेन्सी । पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तिमा २२ जनाको मृत्यु भएको छ । कराँचीबाट पाकिस्तानको पञ्जाब जाँदै गरेको रेल दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको भारतीय मिडियामा समाचार छ ।

सो दुर्घटनामा ८० जना घाइते भएका छन् । जियो टीभीको रिपोर्टअनुसार आइतबार सहजादपुर र नवाबशाहको बीचमा रहेको सहारा रेलवे स्टेशन नजिक रेल दुर्घटनामा परेको हो । घाइतेहरूलाई नवाबशाहको पीपुल्स मेडिकल अस्पतालमा भर्ना गरिएको छ ।

पाकिस्तान रेलवेका डेपुटी सुपरिटेन्डेन्ट महमुद रहमानका अनुसार क्षतिग्रस्त रेलबाट कम्तिमा २२ जनाको शव निकालिएको पुष्टि गरेका छन् । दुर्घटनास्थलबाट मानिसहरूको उद्दार भइरहेको जनाइएको छ । दुर्घटनाको कारण भने खुलेको छैन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इसेवाको ब्रान्ड दूत नियुक्त भए कलाकार सुमन कार्की

काठमाडाैं । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा लि.ले कलाकार सुमन कार्कीलाई ब्रान्ड दूत बनाएको छ …

प्रतिकृया दिनुहॊस