श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न माग गर्दै सूचना विभागमा धर्ना

काठमाडौँ- श्रमजीवी पत्रकारको श्रम अधिकार सुनिश्चितताको माग गर्दै सूचना तथा प्रशारण विभागमा धर्ना दिइएको छ । शुक्रबार नेपाल पत्रकार महासंघका प्रतिनिधिसहित श्रमजीवी पत्रकारहरूले श्रम अधिकारको सुनिश्चितताको माग गर्दै विभागका महानिर्देशकलाई ज्ञापन पत्र समेत बुझाएका हुन् ।

महासंघको तर्फबाट बुझाइएको ज्ञापन पत्र ग्रहण गर्दै सूचना तथा प्रशारण विभागका महानिर्देशक शंकर नेपालले विभागमा आएका उजुरीहरूलाई कार्यविधिले तोकेअनुसार फर्छ्यौट गर्दै आएको बताए । उनले प्रेस रजिस्ट्रारको भूमिका तोकिएजति निर्वाह गरेको पनि दाबी गरे । उनले श्रमजीवी पत्रकारको हकहितको बारेमा छलफल अघि बढाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरे ।

धर्ना कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले सहजै गरिएका आग्रह राज्यका निकायले नसुन्ने प्रवृत्ति देखिएकाले सडकमा आन्दोलन गर्नुपरेको बताए । उनले पत्रकारिता क्षेत्र श्रम शोषण गर्ने क्षेत्र हो की भन्ने भाष्य सिर्जना गरिएको भन्दै पत्रकारिता क्षेत्रको गुणस्तरीयता, व्यावसायिक विकासमा जोड दिनुपर्नेमा जाेड दिए । उनले श्रमजीवी पत्रकारिता ऐनले परिकल्पना गरेको जस्तो भूमिका विभागबाट हुन नसकेको बताए ।

प्रदर्शनकारीहरूले प्रेस रजिस्ट्रारले समेत श्रमजीवी पत्रकारको हकहितमा काम नगरेको बताए । उनीहरूले पत्रकारको श्रम अधिकारको सम्मान गर, अविलम्ब प्रेस रजिस्ट्रार नियुक्त गर लगायतका प्लेकार्ड र नारा लगाइ प्रदर्शन गरेका हुन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

दुर्गा प्रसाईंसहित तीन जनाविरूद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । विद्युतीय कारोबार ऐनको व्यवस्था उल्लंघनको आरोपमा दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । काठमाडौं जिल्ला अदालतले प्रसाईंसहित जीवन पाण्डे र दुर्गा खनाललाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds