चन्द्रगढी कारागारमा कैदीबन्दीबीच झडप हुँदा आगलागी

काठमाडौं । कोशी प्रदेशको चन्द्रगढी कारागारभित्रै कैदीबन्दीले टायर बालेर प्रदर्शन गरेका छन् । ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका कैदी मनोज लावतीलाई झुम्का कारागारमा सरुवा गर्न शुक्रबार दिउँसो सुरक्षाकर्मी कारागारभित्र पस्दा उनीहरूले हुलदंगा गरेका हुन् ।

कैदीबन्दीले कारागारभित्रैबाट ढुंगामुढा प्रहार गर्नुका साथै नाराबाजी समेत गरेका छन् । झडपका क्रममा कारागारभित्र आगलागी समेत भएको छ । तनावलाई मत्थर पार्न प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, जिप्रका प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीलगायतको सरकारी टोली कैदीबन्दीसँग वार्ता गर्न कारागारभित्र प्रवेश गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

१६ देशका लागि सिफारिस राजदूतको नाम अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले विभिन्न १६ वटा देशका लागि सिफारिस राजदूतहरूको नाम अनुमोदन गरेको …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds