कोशीमा मिल्यो भागबण्डा, सभामुख छाडेका गौतम अर्थमन्त्री

काठमाडाैं । कोशी प्रदेश सरकारका लागि सत्ता गठबन्धनले भागबण्डा मिलाएको छ । गठबन्धनभित्रै विवाद देखिएपछि नव नियुक्त मुख्यमन्त्री उद्वव थापाको शपथ ग्रहण समेत रोकिएको थियो । सहमति जुटेसँगै साँझ ५ बजे मुख्यमन्त्री थापाले शपथ लिने कार्यक्रम रहेको छ ।

यस्तै पहिलो चरणमा बन्ने मन्त्रीले पनि आजै शपथ लिने कार्यक्रम रहेको छ । सभामुखबाट राजीनामा दिएका माओवादीको बाबुराम गौतम आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् ।

यस्तै, नेकपा एकीकृत समाजवादीका कमल प्रसाद जवेगु भौतिक पूर्वाधार मन्त्री बन्ने सहमति भएको हो । यस्तै, नेपाली कांग्रेसका प्रदीप सुनुवार सामाजिक विकास मन्त्री बन्ने भएका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री