चामल, तेल, दाल उद्योग संघको अध्यक्षमा दुगड

काठमाडौँ । नेपाल चामल, तेल, दाल उद्योग संघको अध्यक्षमा कुमुदकुमार दुगड चयन भएका छन् । काठमाडौँमा सम्पन्न ४४औं वार्षिकोत्सवसहितको निर्वाचनबाट दुगड अध्यक्षमा चयन भएका हुन् ।

दुगड आगामी २ वर्षका लागि संघको अध्यक्षमा निर्वाचित भएका हुन् । दुगडले यसअघि पनि २ कार्यकाल संघको अध्यक्षता गरिसकेका छन् ।

संघको अध्यक्षमा दुगड निर्विरोध निर्वाचित हुँदा प्रथम उपाध्यक्ष राम थापा, द्वितीय उपाध्यक्ष राहुल अग्रवाल निर्विरोध बनेका छन् । यस्तै, महासचिव दिपक कुमार पौडेल, उप–महासचिव धिरज गोल्छा, कोषाध्यक्ष रतन लाल केडिया लगायतको कार्यसमिति चयन भएको छ ।

यस्तै, ४४औं वार्षिक साधारण सभाबाट संघले धान आयातमा १ प्रतिशत भन्सार दर कायम गर्नुपर्ने, भारतले चामल निर्यातमा रोक लगाएको हुँदा नेपालमा चामलको अभाव हुन नदिन उद्योगीले सरकारसँग मिलेर उचित व्यवस्था गर्न भारत सरकारसँग धान आयातको लागि पहल गर्ने लगायतका विषय समेत पारित गरेको छ ।

यस्तै, नेपालमा धानको उत्पादन बढाउन नेपाल सरकारको सहयोगमा सरकार, व्यवसायी र किसान मिलेर त्रिपक्षीय सम्झौतामा काम गर्न पहल गर्ने लगायतका विषय अघि बढाइएको बताइएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस