आइएमई पेले ल्यायो नारी लक्षित ‘प्रिटी उत्सव’

काठमाडौँ । आइएमई पेले साउन महिनामा नारीहरूलाई लक्षित गर्दै ‘प्रिटी उत्सव’ नामक अफर सार्वजनिक गरेको छ । सो अफर यही साउन महिनाको दोस्रो सोमबार अर्थात् साउन ८ देखि ३२ गते सम्म चल्ने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस अफरमा जित्नु हुने प्रत्येक विजेतालाई ‘प्रिटी क्लिक’को रु ५ हजारको भौचर प्रदान गरिने छ । सो अफरमा भाग लिन सेवाग्राहीले अफर अन्तराल भरि कम्तीमा एक पटक आइएमई पे मार्फत क्यु आर स्क्यान गरी भुक्तानी गर्नु पर्नेछ ।

अफरअन्तराल भरी प्रत्येक ५ दिनपछि गोलाप्रथामार्फत २ जना विजेता छनौट गरिने छ । विजेताहरूको नाम सामाजिक सञ्जाल मार्फत घोषित गरिने छ । सेवाग्राहीले जुनसुकै क्यु आर मार्फत भुक्तानी गर्न सक्ने छन् । विजेताहरूले ‘प्रिटी क्लिक’मा गएर सो भाउचरको प्रयोग गर्न सक्ने छन् । यो अफर आइएमई पेको महिला सेवाग्राहीका लागि मात्र मान्य रहेको कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस