एनएमबी बैंकका ग्राहकलाई ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा विशेष छुट

काठमाडाैँ । एनएमबी बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य तथा ग्राहकले थापाथलीस्थित ब्लुबर्ड मलमा रहेको ब्लुबर्ड इन्टरनेसनल क्लिनिकमा विशेष छुट पाउने भएका छन्। दुई संस्थाबीच व्यावसायिक सहकार्यसम्बन्धी सम्झौता भएको हो।

सम्झौतामा ब्लुबर्ड क्लिनिकका तर्फबाट मेनेजर जीतेन्द्र कारंजित र एनएमबी बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख गणेश पराजुलीले हस्ताक्षर गरेका छन्।

योसँगै एनमबी बैंकका कर्मचारी, कर्मचारीका पारिवारिक सदस्य र ग्राहकले क्लिनिकमा उपलब्ध सेवाहरुमा ‘एक्सक्लुसिभ डिस्काउन्ट’ पाउनेछन्। क्लिनिकले विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप