काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार सुनको मूल्य प्रतितोला १ लाख १२ हजार रुपैयाँ कायम भएको छ ।
आइतबार प्रति तोला १ लाख १२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सयले घटेर १ लाख १२ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ४ सय ५० रुपैयाँ निर्धारण भएको छ।
चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ६० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो । आइतबार चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।
तपाईंको प्रतिकृया




