सोह्रखुट्टेमा बससँग बाइक ठोक्किँदा २३ वर्षीय गजुरेलको मृत्यु

काठमाडौँ । काठमाडौँको सोह्रखुट्टेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे उकालोमा आइतबार बा ४ ख ७४११ नम्बरको बसमा बा ६४ प ४९३२ नम्बरको मोटरसाइकल ठोकिँदा नुवाकोटका २३ वर्षीय शिवसुन्दर गजुरेलको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक नुवाकोट वेलकोटगढी नगरपालिका–९ घर भई हाल काठमाडौँ बालुवाटार बस्ने गजुरेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले दुर्घटनामा गम्भीर घाइते भएका गजुरेलको उपचारका क्रममा नयाँबजारस्थित पिपुल्स अस्पतालमा मृत्यु भएको जानकारी दिए । प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता भट्टले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस