कांग्रेस बैठकमा आज सभापति र महामन्त्रीहरूले जवाफ दिने

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक जारी छ । साउन २ गतेदेखि सुरु भएको बैठक आज पनि बस्ने भएको हो ।

दिउँसो ३ बजेदेखि सुरू हुने बैठकमा आज सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनेछन् । सहमहामन्त्रीहरूले आइतबार नै बोलिसकेका छन् ।

केन्द्रीय सदस्यहरूको धारणा तथा सुझावको आज सभापति र महामन्त्रीहरूले जवाफ दिएपछि बैठकमा बोल्ने क्रम सकिनेछ । बैठकमा प्रस्तुत भएको १० एजेन्डाबारे आजै वा भोलि निर्णय हुन सक्नेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पत्रकार महासंघको निर्वाचन मंसिर २८ मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न …

प्रतिकृया दिनुहॊस