महालक्ष्मी विकास बैंकद्वारा प्रा. डा. भट्टराई सम्मानित

काठमाडौँ । महालक्ष्मी विकास बैंकको हेटौंडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रूपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्य पुरस्कार–२०७९ द्वारा प्रा. डा. गोविन्दराज भट्टराईलाई सम्मानित गरेको छ ।

बैंकको बागमती प्रदेश ‘ख’ का प्रादेशिक प्रबन्धक शम्भु प्रसाद पराजुलीले ५१ हजार रुपैयाँ राशिको उक्त पुरस्कारका साथै सम्मानपत्र भट्टराईलाई हस्तान्तरण गरे । साहित्यकार भट्टराईले विभिन्न विधाहरूमा ६५ कृति प्रकाशन गरी नेपाली साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप बैंकले उक्त पुरस्कारबाट सम्मान गरेको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आईएमई बैंक र नास-आईटीले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी)बीच दिगो …

प्रतिकृया दिनुहॊस