मुक्तिनाथ विकास बैंक आईक्यानद्वारा चौथो पटक पुरस्कृत

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) ले हरेक वर्ष नेपाल वित्तीय प्रतिवेदन मान प्रणाली अन्तर्गत वित्तीय विवरण प्रकाशन गर्ने उत्कृष्ट संस्थाहरूलाई प्रदान गर्दै आएको पुरस्कार मुक्तिनाथ विकास बैंकले पुनः पाएको छ ।

जसअनुसार बैंक आर्थिक वर्ष २०७८/०७९ को लागि गोल्ड अवार्डबाट सम्मानित भएको छ । यो पुरस्कारबाट मुक्तिनाथ बैंक आर्थिक वर्ष २०७५/०७६ , २०७६/०७७ , २०७७/०७८ र २०७८/०७९ गरी लगातार चौथो पटक पुरस्कृत भएको हो ।

विकास बैंक र वित्त कम्पनीहरु मध्येबाट मुक्तिनाथ विकास बैंकले वित्तीय क्षेत्र विधाको सर्वोकृष्ट पुरस्कार प्राप्त गरेको जनाइएको छ । गत शुक्रवार, काठमाडौँमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले संस्थाको नवनिर्वाचित अध्यक्ष र उपाध्यक्षको शपथ ग्रहण समारोहमा उक्त पुरस्कार प्रदान गरेको थियो । उत्कृष्ट वार्षिक प्रतिवेदन प्रस्तुत गरे बापत बैंकलाई दिइने उक्त पुरस्कारलाई प्रतिष्ठित पुरस्कार मानिने गरिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल आईएमई बैंक र नास-आईटीले सूचना प्रविधि क्षेत्रको विकासमा सहकार्य गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल एसोसिएसन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी)बीच दिगो …

प्रतिकृया दिनुहॊस