सिनामंगलमा शंकास्पद वस्तु राख्ने युवक पक्राउ

काठमाडौं । सिनामंगलस्थित एक सुन पसलको अगाडि सडकमा शंकास्पद वस्तु राख्ने एक व्यक्ति पक्राउ परेका छन् । सिनामंगलस्थित खोटाङ हलेसी ज्वेलर्समा सुन पसलमा शंकास्पद वस्तु राखेको आरोपमा सुन पसल नजिकैको होटलमा लुकेर बसेको अवस्थामा रौतहटका खजाञ्ची पासवानलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले पासवानलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ । सुन पसलका सञ्चालक मने विश्वकर्माले आफूलाई पटक पटक फोन गरेर ५ लाख रुपैयाँ नदिए बम राख्ने धम्की दिएको बयान प्रहरीलाई दिएका छन् । शंकास्पद वस्तु भने बम नभएको खुलेको छ । नेपाली सेनाको बम डिस्पोज टोलीले उक्त वस्तु डिस्पोज गरिसकेको छ ।

पसलको सटरमा संयोजक सफलको नाममा टाँसिएको पर्चा टाँसिएको थियो । पर्चामा लेखिएको थियो- ‘खोटाङ हलेसी ज्वेलर्सको साहुजी हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीलाई सपोर्ट गर्नुहोस् । तपाईंको सहयोगले हाम्रो देश र जनताहरूलाई ठूलो प्रगति हुनेछ भन्ने हाम्रो आश हो । यहाँ आरडीएक्स बारुदको बम राखिएको छ । सावधान रहनुहोला ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारमा सहभागी हुँदै जसपा, को-को बन्दै छन् मन्त्री ?

काठमाडौं । अशोक राई नेतृत्वको जसपा सरकारमा सहभागी हुने भएको छ । उपेन्द्र यादव नेतृत्वको …

प्रतिकृया दिनुहॊस