महाबचत बजार अभियानका लागि दराज र कृषि विकास बैंकबीच सम्झौता

काठमाडौँ । कृषि विकास बैंकले नेपालको अग्रणी अनलाइन ईकमर्स प्लेटफर्म दराज नेपालले महाबचत बजार अभियानको लागि विभिन्न प्रकारका छुट सेवाहरू उपलब्ध गराउन दराज नेपालसँग सम्झौता गरेको छ ।

Tata
Folliderm
दराज नेपाल अनलाईन ईकमर्स प्लेटफर्म हो । सम्झौतापत्रमा बैंकका तर्फबाट बैंकका प्रमुख संचालन अधिकृत, प्रताप सुबेदी र दराजका हेड अफ पेमेन्ट, अरुण फुयाँलले हस्ताक्षर गरेका छन्।
दराज अनलाइन प्लेटफर्ममा ग्राहकहरुका लागि उपभोग्य सामाग्री जस्तै खाद्य सामाग्री, मसलाजन्य, ईलेक्ट्रिकल लगायत त्यसमा उपलब्ध सम्पूर्ण सामानहरु खरिदमा कृषि विकास बैंकको कार्ड प्रयोग गर्दा ग्राहकले उल्लेख्य छुट पाउनेछन् ।

सम्झौता बमोजिम महाबचत बजार अभियानमा ग्राहकहरूले अब प्रि-पेमेन्टमा १०% अधिकतम रु. १००० बराबरको छुट पाउन सक्नेछन् । त्यसैगरी, दराजबाट खरिद गर्दा उनीहरुले अब १५% अधिकतम रु. १५०० को पनि छुट पाउनेछन्। ग्राहकहरूले तोकिएको छुटहरुको लाभ लिनको लागि आफ्नो बैंक कार्डमा ई-कम सेवा सकृय गर्नुपर्नेछ ।

कृषि विकास बैंक र दराजबीच भएको यस सम्झौताले दुबै पक्षका ग्राहकहरूलाई महाबचत बजारमा छुटको भरपुर लाभ लिन सहज बनाने बताइएको छ । उक्त छुट योजना २० देखि ३० जुलाई]सम्म उपलब्ध हुने बैंकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंकले प्रधानमन्त्री राहत कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गर्ने भएको छ …

प्रतिकृया दिनुहॊस