काँग्रेसले सदस्यता अभियान चलाउने, ७ लाख नयाँ सदस्य थप्ने लक्ष्य

काठमाडौँ । नेपाली काँग्रेसले एक वर्ष सदस्यता विस्तार अभियान चलाउने भएको छ । मंगलबारदेखि शुरु भएको कांग्रेसको केन्द्रीय समितीको बैठकमा महामन्त्री गगन थापाले आगामी बर्ष पार्टी सदस्यता अभियान चलाउने कार्यक्रम घोषणा गरेका हुन् ।

कार्यक्रमबाट ५ देखि ७ लाख नयाँ सदस्य बनाउने उनले कार्ययोजना प्रस्तुत गरेका छन् । बैठकमा महामन्त्री थापाले आगामी साउन २० देखि २०८१ असार ३१ गतेसम्म ‘घरघर जाऊँ, पार्टी सदस्य बनाऊँ’ अभियान चलाउने कार्ययोजना प्रस्तुत गरेका हुन् ।

केन्द्रीय कार्यसमितिको बैठक दुई–दुई महिनापछिको पहिलो साता गर्ने प्रस्ताव गरिएको छ । यस्तै केन्द्रीय विभाग पनि बढाउने भएको छ । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा केही विभाग थप गर्न लागिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस