हङकङको पार्किङस्थलमा आगजनी : २६ मोटरसाइकल जलेर नष्ट

एजेन्सी । हङकङको एक पार्किङस्थलमा आगजनी हुँदा २६ मोटरसाइकल जलेर नष्ट भएका छन् । बुधबार दिउँसो त्सेउङ क्वान ओको किंग यिन स्थानमा रहेको पार्किङस्थलमा मोटरसाइकलमा आगजनी भएको थियो । स्थानीय समयअनुसार बिहान ३ः४० मा उक्त घटना भएको हो ।

घटनाको २० मिनेटपछि घटनास्थलमा दमकल पुगी आगो नियन्त्रण गरेको थियो । उक्त घटनामा कुनै मानवीय क्षति भनेको भएको छैन ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना शंकास्पद रहेको देखिएको छ । सीसीटीभी फुटेजमा उक्त क्षेत्रमा साइकलमा एक जना व्यक्ति प्रवेश गरेको र त्यसपछि आगो सुरु भएको देखिएको छ । घटनाबारे त्सेङ क्वानओका प्रहरी अधिकारीले अनुसन्धान गरिरहेका छन् भने अहिलेसम्म कोही पक्राउ परेका छैनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खल्तीबाट ‘मह जात्रा’को टिकट काट्न सकिने

काठमाडौँ । ‘खल्ती’ले मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ प्रहसनको टिकटिङ पार्टनरको जिम्मेवारी पाएको …

प्रतिकृया दिनुहॊस