काठमाडौं । नेकपा माओवादी केन्द्रकी सल्लाहकार सीता दाहालको शव अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ । पार्टी कार्यालय पेरिस डाँडामा श्रद्धाञ्जली अर्पण गरेपछि दाहालको शव आर्यघाट लगिएको हो ।
दिवङ्गत सीता दाहालको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ । दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा निधन भएको थियो ।
तपाईंको प्रतिकृया




