आइएमईपे, खल्ती र प्रभुपे पनि नेपालपे क्युआरमा आवद्ध

काठमाडाैं । नेपालपे क्युआरमा नेपालका डिजिटल वालेट आइएमईपे, खल्ती र प्रभुपे जोडिएको छ। यी वालेटहरू नेपालपे क्युआरमा आवद्ध भएसँगै ग्राहकहरूले अब वालेटको प्रयोगमा नेपालपे क्युआरको मर्चेन्टमा क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने भएका छन‍्।

नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान, आइएमईपेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मी, स्प्यारो पे (खल्ती)का प्रमुख कार्यकारी अधिकृत विनय खड्का तथा प्रभुपेका सञ्चालन र वित्त प्रमुख रवि सिग्देलका साथै विभिन्न बैंक तथा वित्तीय संस्थाहरूका प्रतिनिधिहरूको उपस्थितिमा नयाँ सेवाबारे सार्वजनिक गरिएको हो।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड अनुसारको क्युआर अन्तरआबद्धता कायम गर्ने गरी नेपालपे क्युआर सञ्चालनमा ल्याइएको हो। क्युआर स्कीमको रूपमा पनि उपलब्ध रहेको उक्त नेपालपे क्युआरमा इस्युइङ एप, मर्चेन्ट वा नेटवर्क स्तरमा अन्तरआबद्धता कायम गर्न सक्ने व्यवस्था रहेको छ।

नेपालपे क्युआरमा हाल २७ भन्दा बढी बैंक तथा वित्तीय संस्थाहरू र तीन भुक्तानी सेवा प्रदायकहरूले क्युआर मर्चेन्ट इनरोलमेन्ट सेवा उपलब्ध गराइरहेका छन्। २५ भन्दा बढी बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ र ९ वटा भुक्तानी सेवा प्रदायकहरूको वालेटहरूबाट नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सकिन्छ। साथै अन्य संस्थाहरू पनि थपिने क्रममा रहेको कम्पनीको भनाइ छ। आईएमई पे, खल्ती र प्रभुपेका क्रमशः ४० लाख, ३७ लाख र ९ लाख प्रयोगकर्ताहरू छन् ।

नेपालपे क्युआरको नेटवर्कमा ३ लाख ५० हजार क्युआर मर्चेन्टहरू छन्। हालै स्मार्ट क्युआर सँगको अन्तर आवद्धतापछि अब ६ लाख भन्दा बढि मर्चेन्टहरूको पहुँच हुनेछ।

आइएमईपे, खल्ती र प्रभुपेले नेपालपे क्युआर सँग गरेको साझेदारीले ग्राहकहरूलाई क्युआर सम्बन्धी भुक्तानी गर्न सहज प्रदान गर्नेमा कम्पनी विश्वस्त छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माइलेज च्यालेन्ज क्याम्पबाट सुपर स्प्लेंडरको अपराजेय माइलेज

काठमाडौँ । नेपालमा हिरो मोटरसाइकल र स्कुटरको एकमात्र वितरक सी.जी. मोटर्सले दुई पाङ्ग्रे सवारी उद्योगका …

प्रतिकृया दिनुहॊस