कोशी प्रदेश : नवनियुक्त तीन मन्त्रीले लिए शपथ

काठमाडौँ । कोशी प्रदेशमा नवनियुक्त ३ जनाले मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख पर्शुराम खापुङ्ले आइतबार माओवादी केन्द्रबाट नियुक्त भएका २ र कांग्रेसका एक मन्त्रीलाई शपथ ग्रहण गराएका हुन् ।

माओवादीबाट जीवन आचार्य र राजेन्द्र कार्की तथा कांग्रेसबाट रामकुमार खत्री मन्त्री बनेका छन् । मुख्यमन्त्री उद्धव थापाले आचार्यसहित तीन जनालाई मन्त्री नियुक्त गरेर पहिलो पटक मन्त्रिपरिषद् विस्तार गरी ६ सदस्यीय बनाएका हुन् । आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी दिइएको छ । अरु भने विनाविभागीय छन् ।

बिहीबार मुख्यमन्त्री नियुक्त भएका थापाले शुक्रबार शपथ ग्रहण गरेका थिए । सो दिन नेपाली कांग्रेस र एकीकृत समाजवादीका एक-एक जनालाई मन्त्री नियुक्त भए पनि माओवादी केन्द्र सहभागी भएको थिएन । सरकार विस्तार हुँदै गर्दा मुख्यमन्त्रीलाई समर्थन गरेकै दलहरुभित्रै असन्तृष्टि देखिएको छ । नेकपा एकीकृत समाजवादीले मन्त्री चयनमा असन्तुष्टि जनाएको हो ।

सो पार्टीबाट इलामकी प्रदेश सांसद खिनु लङ्वा लिम्बूलाई भौतिक पूर्वाधार विकासमन्त्री नदिने भएपछि असन्तुष्ट भएको बुझिएको छ । नेता राजेन्द्रकुमार राईले सहमतिबिना मन्त्री नियुक्त गरेकाले गठबन्धनभित्रको सहमति सहकार्यको वातावरण बिथोलिएको तर्क गरे । विवाद बढेपछि नेकपा एसले सपथ कार्यक्रम बहिष्कार गरेको छ ।

यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्यले दोस्रो मौका पाएपछि माओवादीमा पनि विवाद बढेको छ । अघिल्लो कार्यकालमा निवर्तमान हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा पनि आचार्य चार महिना पर्यटन, वन तथा वातावरणमन्त्री भएका थिए । माओवादी संसदीय दलमा आचार्यले पुनः मन्त्री बन्ने इच्छा व्यक्त गरेपछि विवाद चुलिएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस